अर्थ संसार, काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गरेको आईपीओमा आवेदन दिने शुक्रवार अर्थात आज अन्तिम रहेको छ ।
कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता आईपीओ कात्तिक २८ गतेदेखि विक्रीमा ल्याएको हो ।
बिक्री प्रबन्धक अनुसार बिहीबार साँझसम्ममा ३ करोड ३ लाख ३६ हजार ४५० कित्ताका लागि ३ अर्ब ३ करोड ३६ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । अहिलेसम्म १ लाख ९ हजार ७०६ जना सञ्चयकर्ताले सेयर भरेका छन् ।
कम्पनीको विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिआईबिएल क्यापिटल रहेका छन् ।
कम्पनीले दोस्रो चरणमा संस्थापक सङ्गठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीको लागि गरेर २७ लाख कित्ता आईपीओ मङ्सिर १९ देखि २७ गतेसम्म निष्कासन गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस