Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीबजार सुधार गर्न लगानीकर्ताको माग

शुक्रबार, १४ मंसिर २०७५, १९ : ०८ मा प्रकाशित

पूँजीबजार सुधार गर्न लगानीकर्ताको माग

अर्थ संसार, काठमाडौँ– शेयर बजारमा निरन्तर लगानी गर्दै आएका लगानीकर्ताले आज नेपाल धितोपत्र बोर्डलाई ध्यानकर्षण गराएको छ ।

उनीहरुले सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट ल्याउनुपर्ने र बजार सुधार तथा विस्तारका लागि तत्काल विशेष व्यवस्था गर्न माग गरेका छन् ।

अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्याउनुपर्ने, धितोपत्र बजारमा गैरआवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पनि तत्काल भित्र्याउनुपर्ने शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै लगानीकर्ताले शेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत बनाउनुपर्ने, जोखिम भारित अंश १०० प्रतिशत वा सोभन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

बोर्डले तीन वर्षदेखि भन्दै आएको बजार निर्माण र डिलरशिपको तत्काल व्यवस्था हुनुपर्ने, वित्तीय अवस्था खराब भएका कम्पनीलाई साधारण शेयर बिक्री तथा वितरणमा रोक लगाउनुपर्ने, सहायक कम्पनी खोलेर आवेदन गरेका वाणिज्य बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिनाका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ शेयर दलालहरुलाई तत्काल ब्रोकर लाइसेन्स दिनसमेत आग्रह गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको