अर्थ संसार, काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनीको बुधबार अर्थात आजदेखि साधारण शेयर (आइपिओ) निश्कासन गरको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीले दोस्रो चरणमा २७ लाख कित्ता आईपीओ विक्रीमा ल्याउन लागेको हो । जसमध्ये संस्थापक सङ्गठित संस्थाका कर्मचारीको लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीको लागि ६ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि १ करोड १७ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । दोस्रो चरणको आईपीओमा मङ्सिर २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिआईबिएल क्यापिटल रहेका छन् ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस