अर्थ संसार, काठमाडौँ– नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई गतिशील बनाउन बजार निर्मातालाई पूँजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले गत कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु गरिसकेकाले धितोपत्र बजारमा बजार निर्मातालाई प्रवेश गराउन लागिएको बोर्डले जनाएको छ ।
बोर्डले आज विज्ञप्तिमार्फत बजार निर्मातालाई प्रवेश गराउन आवश्यक तयारी भइरहेको उल्लेख गरेको छ । बोर्डको चालू आर्थिक वर्षकोे नीति तथा कार्यक्रममा समेत धितोपत्रको खरीद तथा बिक्री दुवै मूल्य अङ्कित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरीद तथा बिक्री गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।
सोहीअनुसार बजार निर्माता वा डिलरले बोर्डले तोकेको व्यवस्थाअनुसार कारोवार गर्न तथा धितोपत्रको प्रत्याभूतसमेत गर्ने व्यवस्था गरेको छ ।
धितोपत्र बजारमा बजार निर्माता÷डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग पुग्ने बोर्डको विश्वास लिएकोछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस