अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले खानीखोला हाइड्रोको कारोबार लागि मूल्य रेन्ज तोकिदिएको छ । नेप्सेले पहिलो कारोबारका लागि ९९.४६ रुपैयाँदेखि २९८.३९ रुपैयाँसम्म मूल्य रेन्ज तोकिदिएको हो । खानीखोलाको कारोबारका लागि स्टक सिम्बोल केकेएचसी तोकिएको छ ।
नृप्सेमा खानीखोला हाइड्रोपावरको ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर सूचीकृत भएको छ। ललितपुरमा टुंगठन ठोस्ने र खानीखोला गरी ६ मेगावाट क्षमताको दुई आयोजना निर्माण गरेको कम्पनीले केही अघि साधारण सेयर जारी गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस