अर्थ संसार, काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीले निश्कासन गरेको साधारण शेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ ।
कम्पनीले गत मंसिर १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको १५ लाख ५५ हजार २ सय ३३ कित्ता आईपीओ आज बाँडफाँड गर्न लागिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले अर्थ संसारलाई जानकारी दिए । क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट हुने बताइएको छ ।
आईपीओका लागि आवेदन दिएर रुजु भएका सबैको भागमा शेयर पर्ने छ । बिक्रीप्रवन्धक क्यापिटलका अनुसार अधिकांशको भागमा २० कित्ता र बाँकीको भागमा १० कित्ताका दरले शेयर पर्ने सम्भावना रहेको छ ।
कम्पनीको साधारण सेयरका लागि करिब ८४ हजार आवेदन परेको छ ।कम्पनीले यस अघि आयोजना प्रभावित इलामका लागि तीन लाख ७१ हजार ४ सय कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीको शेयर बिक्री प्रन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ ।
रिजल्ट कसरी हुर्ने ?
हामी रिजल्टको PDF पाउन साथ राख्नेछौँ । त्यसको ताजा जानकारीको लागि यहाँ क्लिक गरी लाइक गरेपछि मात्र थाहा पाउन सक्नुहुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस