अर्थ संसार, काठमाडौँ - धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अंकले मात्रै वृद्धि भएको छ ।
आइतबार, सोमबार बजार बढेको थियो भने मंगलबार आइपुग्दा बजार पुनः घटेको थियो । स्टककाअनुसार आज बजार एकदमै झिनो अंकले मात्रै वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक शुन्य दशमलव शुन्य आठले मात्रै वृद्धि भएको छ ।
कारोवार मापक नेप्से परिसूचक ०.०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार ७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार ८२४ मूल्यमा खरीद बिक्री भएका छन् ।
स्टकका अनुसार कारोवार भएका दश उपसमुहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । त्यसमा जलविद्युत् ३५.७७, वित्त ३.६२, उत्पादन १.५२, अन्य ०.६५ र बीमा २३.६४ विन्दुले बढेको छ ।
बैंकिङ १.३३, होटल ३७.२७, विकास बैंक २.५७, निर्जीवन बीमा १०.६९ र लघुवित्त ८.४६ विन्दुले घटेको छ ।
सोल्टी होटल लिमिटेड, आइएमइ जनरल इन्स्योरेन्स, चिलिमे हाइड्रो पावर, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रोगेशिभ फाइनान्स कम्पनीका शेयरधनीले कमाएका छन् ।
सिटिजन इन्टरनेशनल बैंक, एनएमबी माइक्रोफाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त विकास बैंक र मिर्मिरे लुघवित्त वित्तीय संस्थाको लगानीकर्ताले गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस