Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको शेयर मूल्य समायोजन

आइतबार, ०१ पुस २०७५, १७ : १९ मा प्रकाशित

३ कम्पनीको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्जमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार विजय लघुवित्त, किसान माइक्रोफाइनान्स र नेपाल ल्युब आयलको शेयर मूल्य समायोजन गरिएको हो ।

विजय लघुवित्तको प्रतिकित्ता रु ६३१ कामय हुने गरी मूल्य समायोजन गरिएको हो । सो लघुवित्तको आधार मूल्य प्रतिकित्ता रु ६९२ रहेको छ ।

किसान माइक्रोफाइनान्सको प्रतिकित्ता रु ९६३ रहने गरी शेयरमूल्य समायोजन भएको छ । सो कम्पनीको औसत आधारमूल्य रु एक हजार २४१ रहेको छ ।

त्यस्तै नेपाल ल्युब आयलको पनि प्रतिकित्ता रु १९३ हुने गरी मूल्य समायोजन गरिएको छ । कम्पनीको औसत आधारमूल्य रु १७३ कायम भएको स्टकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको