अर्थ संसार, हेटौँडा– श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरी आज सर्वजनिक गरेको छ ।
भारत विहार घर भई हेटौडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई सो हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिनुभयो । सोही हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ ।
हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै हेटौँडा–१९ नेवारीपानीस्थित रातु खोलामा हत्या गरेको स्वीकार गरेको बताइएको छ ।
अभियुक्त रमजानमियाले आफ्नो श्रीमती २५ वर्षकी लालमुन खातुन र एक वर्षकी छोरी रोशन खातुनलाई हत्या गरेको छानविनका क्रममा पाइएको दावी गरिएको छ । घटना विवरणअनुसार मङ्सिर १८ गते हेटौँडा–१९ मा एक वर्षकी बालिका र २५ वर्षीय एक महिलाको शव फेला परेपछि प्रहरीले खोजतलास गर्दा निजको हत्या श्रीमान् रम्जानले गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
मृतक खातुनबाट फेला परेको मोबाइल र डायरीबाट घटनाको विवरण सार्वजनिक भएको र सोही मोबाइलबाट मृतकका पिता मोतिहारी आधापुरथाना वडा नं ६ बस्ने आरिक मियाँको छोरा ४० वर्षीय अलियर मियाँले शव सनाखत गरी लगेको प्रहरीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस