Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरुआत : पाराग्वे माथि ४–१ काे जित

अर्थ संसार

शनिबार, ३० जेठ २०८३, ०९ : २५ मा प्रकाशित

विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरुआत : पाराग्वे माथि ४–१ काे जित

फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी शुरुआत गरेको छ । लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई ४–१ गोलले हराएको हो ।

खेलको पहिलो हाफमै अमेरिकाले ३ गोल गर्यो । खेलको ७ औँ मिनेटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो । त्यसपछि ३१ औं मिनेटमा फोलारिन बालोगुनले गोल थपे । पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए । खेलको अन्तिम मिनेटमा अमेरिकाका जियोभन्नी रियानले गोल थपे ।

पाराग्वेका लागि मौरिसियोले ७३ औँ मिनेटमा एक गोल फर्काए । घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरुआत गरेको हो । विश्वकप फुटबलमा आज मध्यराति पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को तथा भोलि बिहान पौने ७ बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको