Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो क्रम जारी : हप्ता दिनमै १७ हजारको गिरावट

अर्थ संसार

शनिबार, ३० जेठ २०८३, ०७ : २९ मा प्रकाशित

सुनको मूल्य घट्यो क्रम जारी : हप्ता दिनमै १७ हजारको गिरावट

नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य घटी रहेको छ । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको हो । 

गत जेठ २२ गते शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा किनबेच भएकोमा त्यसको १ हप्तापछि अर्थात जेठ २९ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य १७ हजार रुपैयाँले घटेर २ लाख ९२ हजारमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत जेठ २४ गते आइतबार एकैदिन प्रतितोलामा ८ हजार २०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख ८०० रुपैयाँ कायम भएको थियो, त्यस्तै, जेठ २५ गते सोमबार सुन प्रतितोला ९०० रुपैयाँले घटेको देखिन्छ । उक्त दिन सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, जेठ २६ गते मंगलबार सुन प्रतितोलामा २ हजार रुपैयाँले बढेर उक्त दिन सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । त्यस्तै, जेठ २७ गते बुधबार भने सुनको मूल्य ह्वात्तै घट्यो । उक्त दिन सुन प्रतितोलामा १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, जेठ २८ गते बिहीबार पनि सुनको मूल्य ५ हजार १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने जेठ २९ गते शुक्रबार सुनको मूल्य बढेको थियो । उक्त दिन ५ हजार ३०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको