Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर : १ प्रतिशत भन्दा बढीले घट्यो नेप्से, औषत कारोबार ४ अर्ब ६१ करोड

अर्थ संसार

शनिबार, ३० जेठ २०८३, ०७ : २१ मा प्रकाशित

साताको सेयर : १ प्रतिशत भन्दा बढीले घट्यो नेप्से, औषत कारोबार ४ अर्ब ६१ करोड

यस साता नेप्से परिसूचक १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ । गत साता २७५५.४१ विन्दुमा बन्द भएको नेप्से, यस साता १.१४ प्रतिशत अर्थात ३१.३८ अंक घटेर २७२४.०३ विन्दुमा बन्द भएको हो ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो।  जसमध्ये एक कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने चार कारोबार दिन घटेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ४.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ३८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १४.३८ प्रतिशत घटेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या १८.९० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ४.१० प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १ प्रतिशतभन्दा बढी घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब १ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४६ अर्ब रुपैयाँ घटेर ४६ खर्ब ५४ अर्ब रुपैयाँमा सीमित भएको छ । यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत घटेको छ । गत साता ३५३७.६६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १२१.१८ अंक घटेर ३४१६.४८ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २०८.६२ अंक घटेको छ। गत साता १२ हजार ६५२.०३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १२ हजार ४४३.४१ विन्दुमा झरेको छ । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस साता सबैभन्दा कम ०.०८ अंक घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको