अर्थ संसार, काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको कार्यदलले संभवत आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ ।
मुद्रा र पूँजी बजारका समस्या पहिचान गरि समाधानका उपायहरु सुझाउनका लागि अर्थमन्त्रीले कार्यदल बनाएका थिए ।
अघिल्लो बिहीबार नै कार्यदल बने पनि गत सोमबार मात्र काम सुरु भएको थियो। काम सुरु भएको एक सातापछि आज सोमबार प्रतिबेदन दिने तयारी भइरहेको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थका सहसचिव उत्तरकुमार खत्री सदस्य छन्।
कार्यदलले मुद्रा र पूँजी बजारको समस्या समाधानका लागि तत्कालिन, अल्पकालिन र दीर्घकालिन तीन खण्डमा बाँडेर सुझाब दिने तयारी छ ।
ब्याज दर स्थायित्व र पूँजी बजार सुधारका लागि थुप्रै सुझाबहरु आएका छन् । अर्थमन्त्रीले कार्यदल गठन गरेपनि त्यसबाट आएको सुझाबलाई कसरी कार्यान्वयन गरिने भन्ने स्पष्ट पारेका छैनन्। कार्यदलका सदस्यहरुका अनुसार, समय तालिका बनाएर कार्यान्वयन गरिने आश्वासन मात्र आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस