Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार : नेप्से ५ अंकले घट्दा ३८ करोडको कारोबार

बुधबार, ०४ पुस २०७५, १७ : ३१ मा प्रकाशित

शेयर बजार  : नेप्से ५ अंकले घट्दा ३८ करोडको कारोबार

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २६ बिन्दुले घटेर २४७ दशमलव ३३ बिन्दुमा पुगेको छ ।

कूल १५८ कम्पनीको १३ लाख दुई हजार ८२२ कित्ता शेयर रु ३८ करोड ७२ लाख ९२ हजार ९०८ मूल्यमा खरीद बिक्री भयो । स्टककाअनुसार आज कारोवार भएका कूल १० उपसमूहमध्ये चार उपसमूहको मात्रै बढेको छ । विकास बैंक १४ दशमलव ९७, फाइनान्स एक दशमलव ०३, निर्जीवन बीमा कम्पनी १७ दशमवल ६९ र उत्पादन उपसमूहका दुई दशमलव ३३ बिन्दुले बढ्यो ।

बैङ्किङ आठ दशमलव ६५, होटल पाँच दशमलव ५४, जलविद्युत् दुई दशमलव १३, अन्य शून्य दशमवल २४, लघुवित्त पाँच दशमलव ९३ र जीवन बीमा ३६ दशमवल ५६ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कावेली विकास बैंक, विजय लघुवित्त, गरिमा विकास बैंक, नेपाल सेवा लघुवित्त र लुम्बिनी विकास बैंकका शेयधनीले आज कमाए भने नाङ्दी ग्रुप पावर, हिमालयन बैंक, एनएमबी माइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयरधनीले गुमाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको