Like us!
Follow us!
Connect us!
Watch us!

युनिभर्सल पावरले २१ करोड ३५ हजारको आइपिओ पुष १५ गतेदेखि निष्काशन

शुक्रबार, ०६ पुस २०७५, १३ : ०३ मा प्रकाशित

युनिभर्सल पावरले २१ करोड ३५ हजारको आइपिओ पुष १५ गतेदेखि निष्काशन

अर्थ संसार, काठमाडौं– युनिभर्सल पावर कम्पनीले २१ लाख कित्ता साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।

कम्पनीले पुष १५ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको लागि १ सय रुपैयाँ अंकित दरमा २१ लाख ३५ हजार रुपैयाँ बराबरको साधारण शेयर निश्कासन गर्न लागेको हो । कम्पनीले दोलखामा ११ मेगावाटको तल्लो खारे खोला आयोजना निर्माणधिन अवस्थामा छ ।

कम्पनीले शेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ । यस कम्पनीले निश्कास गरेको साधारण शेयर  आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिञ्चोक, र विगु गाउँपालिकाका स्थानीयहरुले  आवेदन दिन पाउनेछन् ।लगानिकर्ताले आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने ब्यबस्था रहेको छ ।

कहाँबाट आवेदन दिने ?

युनिभर्सल पावर कम्पनीले निश्कास गरेको साधारण शेयरमा इच्छुक स्थानीयवासीले हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट, मुडे र सिंगटी शाखा कार्यालयबाट पुस २९ गतेसम्म आवेदन गर्न सक्नेछन् ।


धितोपत्र बोडबाट कुल ९६ लाख ६१ हजार कित्ता शेयर बिक्रीको अनुमति पाएकोमा स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

स्थानियलाई शेयर बिकी गरेपछि कम्पनीले सर्बसाधारणमा ७५ लाख ६१ हजार २६० कित्ता शेयर बिक्री खुल्ला गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको