Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बुटवल पावर र सप्तकोशी डेभलपमेन्टको शेयर मूल्य समायोजन

आइतबार, ०८ पुस २०७५, ११ : ०० मा प्रकाशित

नेप्सेमा बुटवल पावर र सप्तकोशी डेभलपमेन्टको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्जमा आइतबार दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

स्टकका अनुसार बुटवल पावर कम्पनी र सप्तकोशी डेभलपमेन्ट कम्पनीको कम्पनीको शेयर मूल्य समायोजन भएको हो । ती कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ ।

सत्पकोशी डेभलपमेन्ट बैंकले २०७४ \ ७५ मा गरेको नाफाबाट ३ प्रतिशत  बोनस शेयर दिने  दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज प्रतिकित्ता १ सय ४३ रुपैयाँ ६९ पैसा हुने गरी शेयरमूल्य समायोजन गरेको हो । बैंकको औसत आधार शेयर मूल्य १ सय २० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

त्यसैगरी बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट १० प्रतिशत बोनस शेयर दिने निर्णयलाई आधार मानेर नेप्सेले ५ सय २७ रुपैयाँ ५५ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

यसका लागि कम्पनीको औसत आधार शेयर मूल्य ३ सय ९९ रुपैयाँ ०९ पैसा कायम भएको छ । आधार मूल्य १८० दिनको कारोवारका आधारमा तय गरिने व्यवस्था छ।

5c1f1d13225b0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको