अर्थ संसार, काठमाडौं– राष्ट्र बैंकको मौद्रिक नीतिमा वाणिज्य बैंको चुक्ता पुँजी ८ अर्व रुपैयाँ पुर्याउनुपर्ने प्रावधान अनुसार प्राय : सवै बैंकले चुक्ता पुँजी पर्याएपछि हकप्रद शेयरलाई ग्यागेका छन् ।
अधिकांश वाणिज्य बैंकले यो वर्ष आफन शेयरधनीलाई नगद र बोनस शेयरमा जोड दिएका छन् । गत वर्ष चुक्ता पुँजी बढाउन बैंकहरुले नाफबाटा बोनस शेयरको साथै हकप्रद शेयर दिने गरेका थिए । तर, यो वर्ष प्राय ः सवै बैंकले चुक्ता पुँजी पगि सकेकाले पुँजी बढाउनेतिर नलगाी शेयरधनीलाई बोनस र नगद लाभांश मत्र दिने प्रस्ताव अघि सारेको देखिन्छ ।
संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये २० वटा बैंकले नगद र बोनस शेयर दिने घोषणा गरेका छन् । तीमध्ये चुक्ता पुँजी नपुगका र बढाउन चाहने बैकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई बोनस शेयर र घोषणा गरेका छन भने चुक्ता पुँजी बढाउन नचाहने बैंकले नगद लाभांशमात्रै दिदैछन् ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमा वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने प्रावधान ल्याएको थियो । सोही व्यवस्था अनुसार २८ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकले चुपक्ताम पुँजी गत वर्ष ने पुर्याईसकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस