Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको नाफामा ५०% प्रतिशतको वृद्धि ,६९ करोड नाघ्यो कुल आम्दानीमा

अर्थ संसार

शुक्रबार, २६ बैशाख २०८२, १० : ५६ मा प्रकाशित

माउन्टेन इनर्जीको नाफामा ५०% प्रतिशतको वृद्धि ,६९ करोड नाघ्यो कुल आम्दानीमा

माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले विभिन्न प्रमुख सूचकहरूमा सकारात्मक वृद्धि हासिल गरेको छ ।

खुद नाफा

माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५०.४५ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा ३० करोड ९१ हजार रुपैयाँ थियो।

कुल आम्दानी

यस अवधिमा कम्पनीले ६९ करोड २२ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५.४६ प्रतिशत बढी हो।

प्रशासनिक खर्च/ वित्त खर्च

यस अवधिमा कम्पनीको प्रशासनिक खर्च २ करोड ८१ लाख र हा्रसकट्टी खर्च ३३ लाख ६ हजार रहेको छ । साथै कम्पनीको वित्त खर्च १८ करोड १७ लाख रहेको छ । अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च २० करोड ७८ लाख रहेको थियो । कम्पनीको वित्त आम्दानी ७० लाख १८ हजारबाट घटेर १४ लाख ४६ हजारमा सीमित बनेको छ ।  

चुक्तापुँजी

यस अवधिमा कम्पनीको चुक्तापुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ।

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)१७.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.८७ रुपैयाँ रहेको छ।

मूल्य आम्दानी अनुपात/तरलता अनुपात

मूल्य आम्दानी अनुपात ३२.६६ गुणा र तरलता अनुपात २.९८ प्रतिशत कायम भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको