नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। बिहीबार बोर्डबाट प्राप्त स्वीकृति अनुसार कम्पनीले आफ्ना हालका सेयरधनीहरूलाई १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न पाउनेछ।
यसअनुसार, कम्पनीले हाल कायम रहेका प्रत्येक एक कित्ता सेयरका लागि अतिरिक्त एक कित्ता सेयर दिनेछ। हकप्रद सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। कुल ६१ लाख २७ हजार ९३८ कित्ता साधारण सेयर जारी गर्ने प्रस्तावलाई धितोपत्र बोर्डले स्वीकृति दिएको हो।
यस हकप्रद सेयर निष्कासनको बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ। उक्त क्यापिटलले सेयर बिक्री तथा आवेदन प्रक्रिया, सूचना प्रकाशन, सेयर बाँडफाँटलगायतका सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्नेछ।
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयरमार्फत पूँजी संकलन गरी निर्माणाधीन आयोजना सम्पन्न गर्न, कर्जा भुक्तानी तथा कार्यशील पूँजी व्यवस्थापनमा खर्च गर्ने लक्ष्य राखेको बताइएको छ।
धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेसँगै अब कम्पनीले नियमानुसार सूचना प्रकाशन गरी हकप्रद सेयरको आवेदन खुला गर्नेछ। यसले हालका सेयरधनीहरूलाई कम्पनीमा थप लगानी गर्ने अवसर प्रदान गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस