नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
जसमा नेपाल लाइफको ८२ लाख ७ हजार ९६६.५५ कित्ता र आत्मनिर्भर लघुवित्तको ९७ हजार ७१४.८१ कित्ता बोनस सेयर रहेको छ। यी दुवैले अघिल्लो वर्ष सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। जसअनुसार अघिल्लो वर्ष नेपाल लाइफले १० प्रतिशत र आत्मनिर्भर लघुवित्तले १४.२५ कित्ता बोनस सेयर वितरण गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस