अर्थ संसार, काठमाडौं– नेपाल आइडल सिजन –२ का विजेता रवि ओडकी आमाको करेन्ट लागेर बुधबार मृत्यु भएको छ ।
आज विहान ७ बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्टर लागेकी ४५ विर्षिय विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
करेन्ट लागेपछि घाईते भएकी उनलाई विहान पौने ९ बजे सेती अञ्चल अस्पताल धनगढी पुर्याएलगत्तै चिकित्सकहरुले मृत्य घोषित गरेका थिए ।
कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यवस्तताका कारण घर गाएका थिएन ।जन्म दिने आमासँग रवि नेपाल आइडल विजेता बेको खुशी साट्न नपाउँदै परिवारमा दुखद् घट्ना घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस