Like us!
Follow us!
Connect us!
Watch us!

गहना चोरी गर्ने दशजना पक्राउ

बुधबार, ११ पुस २०७५, ११ : ०३ मा प्रकाशित

गहना चोरी गर्ने दशजना पक्राउ

अर्थ संसार, काठमाडौँ– महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा सङ्लग्न सुमन थापामगर, मनिषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम मन्नालाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख फणिन्द्र प्रसाइका अनुसार गोँगबु क्षेत्रमा चोरी गर्नेलाई चार दिनको खोजतलासपछि पक्राउ गरिएको हो ।

चोरी गरेका गहना उनीहरुले न्यूरोडस्थित गौतम मन्नाको पसलमा बिक्री गर्ने गरेका थिए । त्यही गहना स्वरुप परिवर्तन गरी ग्राहकलाई बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

पक्राउ परेकाबाट प्रहरीले सुनको ब्रासलेट एक थान, मङ्गलसुत्र एक थान, सुनको बेरुवा औँठी एक थान, सुनको झुम्का एक जोर, तिलहरी एक थान, सुनको जन्तर दुई थान, मोबाइल सात थान, नगद रु ९४ हजार, घडी पाँच थान तथा पर्स एक थान बरामद गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको