अर्थ संसार, काठमाडौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीसहित नौ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले मालपोत कार्यालय डिल्लीजारका मालपोत अधिकृत केशवप्रसाद नेउपाने, राजेन्द्र फुयाँल, नायब सुब्बा लक्ष्मणप्रसाद भट्टराई, खरिदार विजयभक्त श्रेष्ठ,मालपोत कार्यालय दमकका मालपोत अधिकृत अग्नि घिमिरे, नायब सुब्बाद्वय डिल्लीराम कोइराला, जयन्द्रराज खड्का विरुद्ध मुद्दा दायर गरिएको छ ।
यस्तै वयरवन ९ मोरङका फौदराज लिम्बु र अभिवक्ता चन्द्रप्रसाद खनाल विरुद्ध रु एक करोड २० लाख बराबरको बिगो समेत असुल उपर गर्न माग गर्दै आयोगले आज मुद्दा दायर गरेको जनाएको छ ।
आयोगकाअनुसार मालपोत कार्यालय, डिल्लीबजार र दमकका कर्मचारीको मिलेमतोमा टेकमाया आङहाङको नाममा रहेको जग्गाको किर्ते जग्गाधनी खडा गरी बिक्री गरेको पाइएको छ ।
झापा दमक नगरपालिका, वडा नं. ४ मा रहेको कित्ता नम्बर ४८७३ र ४८७५को जग्गाको किर्ते जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाई नक्कली जग्गाधनी खडा गरी मालपोत कार्यालय, डिल्लीबजारबाट २०६९ साल फागुन ३१ मा जिल्ला बाहिरको(बेजिल्ले) रजिष्ट्रेशनको लिखत पारित गराएको आयोगको दावी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस