अर्थ संसार
काठमाडौं–एनआइबिएल प्रगति फन्डमा लगानी गर्नु भएको छ । एनआइविएल क्यापिटलले केही महिनाअघि निस्कासन गरेको प्रगति फन्डको इकाइ बाँडफाँट गरेको छ ।
पहिले ६० करोड बराबरको ६ करोड इकाइ निस्कासन गरिएकामा धितोपत्र बोर्डको निर्देशिकाअनुसार यसको आकार २५ प्रतिशतले बढाइएको छ । अब प्रगति फन्डको आकार ७५ करोडको भएको छ । यसमा १० रुपैयाँ मूल्य अंकित ७.५ करोड एकाइ हुनेछन् ।
बाँडफाँटमा ५० हजार रुपैयाँ वा ५ हजार इकाइसम्म लगानी गर्नेलाई ५१ प्रतिशत एकाइ छुट्याइएको छ । यस्तै ठूला लगानीकर्तालाई १७.१२ प्रतिशत एकाइ छुट्याईएको छ ।
सबै सेयरमध्ये १५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक र एनआइबिएल क्यापिटललाई बाँडिएको छ । त्यसअधये बैंकलाई १३.३३ प्रतिशत र एनआइबिएल क्यापिटललाई १.६६ प्रतिशत छुट्याइयो । अरु ८५ प्रतिशत सर्वसाधारणलाई बाँडफाँट गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस