अर्थ संसार, सिन्धुपाल्चोक–सिन्धुपाल्चोक चौहत्तरकिलोबाट दिउँसै १० लाख नगद चोरी भएको छ ।
मंगलबार दिउँसो बलेफी गाउँपालिका–५ स्थित चौह्रत्तरकिलोबाट सुनसरी धरानबराह नगरपालिका–१ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ लुटपाट भएको हो ।
खाजा खाइरहेको बेला बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार तीन जना अपरिचित व्यक्तिले रड प्रहार गरी उक्त रकम लुटेर फरार भएको प्रहरीले बताएको छ ।घिमिरे सुन खरिद गर्न मोटो रकम साथमा बोकर हिँडेका थिए ।
त्यस्तै काठमाडौं महानगरपालिका–३२ महादेबस्थानमा चोरी भएको छ ।धनुषा ढल्केबरका २७ वर्षीय पुष्कर बाँनियाको कोठाबाट मंगलबार दिउँसो कोही नभएको अवस्थामा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सुनका विभिन्न गरगहना चोरी भएको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–९९ विजयचोक डेरा गरी बस्ने बाँके बागेश्वरी
नगरपालिका–२ का ३० वर्षीय पार्वत खड्काको कोठाबाट मंगलबार साँझ नगद २ हजार र सुनका गहना तथा सोही घरमा डेरा गरी बस्ने संजिव गुरुङ्गको डेरा कोठाबाट पनि एक थान ल्यापटप र करिब १ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस