Like us!
Follow us!
Connect us!
Watch us!

खिचापोखरी व्यापार संघमा मनोजबाबु

शनिबार, ०१ माघ २०७३, १२ : ३२ मा प्रकाशित

खिचापोखरी व्यापार संघमा मनोजबाबु

अर्थ संसार
काठमाडौं–खिचापोखरी न्युरोड व्यापार संघको ‘नवौँ वार्षिक साधारण सभा’ ले मनोजवाबु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा गोपाल महर्जन नरेन्द्र श्रेष्ठ, प्रथम उपाध्यक्ष, गणेशकुमार न्यौपाने द्वितीय उपाध्यक्ष, भरतप्रसाद बडाल महासचिव, कृष्णप्रसाद ढुङ्गाना सचिव र खिलाबहादुर रोक्का कोषध्यक्ष बनेका छन् ।

खिचापोखरी व्यापार संघका रुपमा सक्रिय रहँदै आएको संघमा केही वर्षअघि न्यूरोड क्षेत्रका व्यापारी सहभागी भएपछि संघ बिस्तारित भएर खिचापोखरी न्यूरोड व्यापार संघ बनेको थियो ।साधारण सभामा व्यवसायीहरुले निजी क्षेत्रको आधारबिना मुलुक अगाडि बढ्न नसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।साधारण सभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रलाई अगाडि बढाउन नसके मुलुक अगाडि नबढ्ने बताए ।

संघका अध्यक्ष मनोजबाबु श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्र शेरचनलगायतले न्युरोड तथा खिचापोखरी क्षेत्रमा पार्किङको चरम समस्या रहेको भन्दै पार्किङ क्षेत्र बिस्तार गरिदिन सरकार तथा महानगरपालिकासँग आग्रह गरे । यसका लागि त्यस क्षेत्रका सबै व्यापारीहरुले सक्दो सहयोग गर्ने उनीहरुको भनाई छ । करदाता सेवा कार्यालय न्युरोड शाखाका प्रमुख मुक्तिराम आचार्य, नेपाल चेम्बर अफ कमर्शका सचिव पर्शुराम दाहाललगायतले काठमाडौँको मुटुमा रहेको खिचापोखरी, न्युरोड क्षेत्रको समग्र समस्या समाधान गर्न सम्बन्धित पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको