Like us!
Follow us!
Connect us!
Watch us!
बैंकबाट आइपिओमा आवेदन गर्दा खातामै पैसा रोकेर राख्न सकिने

ग्लोबल आइएमई बैंकले पनि पायो आस्बा प्रणाली संचालन गर्ने स्वीकृती

सोमबार, ०३ माघ २०७३, ०९ : ५२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले पनि पायो आस्बा प्रणाली संचालन गर्ने स्वीकृती

अर्थ संसार
काठमाडौं–नेपाल धितोपत्र बोर्डले ग्लोबल आइएमई बैंकलाई एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट ( आस्बा) प्रणाली संचालन गर्ने अनुमति दिएको छ ।

सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को निष्काशनको समयमा लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा त्यससम्बन्धि अन्य कार्य गर्न बोर्डले ग्लोबल आइएमई बैंकलाई अनुमति दिएको हो ।

उक्त अनुमतिपश्चात नेपाल धितोपत्र बोर्डले लागू गरेको आस्वा प्रणालीमार्फत सेयर लगानीकर्ताले माग गरेको सेयरबापत हुन आउने रकम लगानीकर्ताको बैंक खातामा रोक्का हुनेछ । यस प्रणालीमा लगानीकर्ताले माग गरेको सेयर बराबरको रकम मात्र खातामा रोक्का भई सेयर बाँडफाँडमा परेको रकम कटौती गरि बाँकी रकम खातामै सुरक्षित रहिरहने सुविधा लगानीकर्ताले पाउनेछन् ।
      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको