अर्थ संसार, काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आइपिओ) यही माघ १८ गतेदेखि बिक्री हुने भएको छ ।
आशा लघुवित्तले सर्वसाधारणका लागि छुट्याएको ६ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर छिटोमा माघ २२ गते र ढिलोमा फागुन १९ गते बन्द हुनेछ ।
बिक्री गर्न लागेको साधारण शेयरमध्ये १०३७० कित्ता कर्मचारीलाई र ३३७०० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणका लागि खुल्ला गरिने छ ।
उक्त शेयरका लागि १० कित्ता मात्रै पनि आवेदन गर्न सकिन्छ । न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने प्रावधान राख्ने गरेकोमा आशाले भने १० कित्ता नै न्यूनतम आवेदन कित्ता कायम गरेको छ ।
बढीमा भने ३३७० कित्ता आवेदन गर्न सकिन्छ । यद्यपि लघुवित्तको शेयरमा सबैको आकर्षण हुने र बढीमा ६३ हजारले मात्र शेयर पाउने भएकोले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस