Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री वाग्लेले झण्डै तीन दर्जन उद्योगपतिसँग संवाद गर्ने

अर्थ संसार

मंगलबार, १२ साउन २०८३, ०८ : ३० मा प्रकाशित

अर्थमन्त्री वाग्लेले झण्डै तीन दर्जन उद्योगपतिसँग संवाद गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका देशका प्रमुख उद्योगपतिहरूसँग बजेट कार्यान्वयन र निजी क्षेत्रका समसामयिक विषयमा छलफल गर्ने भएका छन्।

अर्थमन्त्रीको सचिवालयका अनुसार छलफल आज दिउँसो ३ बजे अर्थ मन्त्रालय मा आयोजना गरिएको छ। बैठकमा नेपालमा उत्पादनमूलक उद्योगमार्फत अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका झण्डै तीन दर्जन उद्योगपति सहभागी हुनेछन्।

छलफलमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, उद्योग क्षेत्रले भोगिरहेका व्यावहारिक समस्या, लगानी तथा उत्पादन अभिवृद्धिका उपाय, निजी क्षेत्रको सुझाव तथा नीतिगत सुधारका विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।

बैठकमा अर्थमन्त्री डा. वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको