Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार झिनो अङ्कले घट्यो

विहीबार, १० माघ २०७५, १७ : ४३ मा प्रकाशित

शेयर बजार झिनो अङ्कले घट्यो

आजको शेयर तालिका

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज शेयर बजारमा सामान्य कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १७२.७८ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०८ विन्दुले घटेर २४८.६५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८ कम्पनीको आठ लाख ७४ हजार ८४ कित्ता शेयर रु २६ करोड ८८ लाख ६५ हजार ८०९ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर घटेको छ । होटल २.२९, विकास बैंक २.२, निर्जीवन बीमा १७.२७, उत्पादन ११.४८ र अन्य ७.४७ विन्दुले बढेको छ । यस्तै बैंकिङ १.९९, जलविद्युत् ९.०३, वित्त ०.३६, लघुवित्त २.२६, जीवन बीमा १०.२२ विन्दुले घटेको छ ।

स्टकका अनुसार घटेको बजारमा नागरिक लगानी कोष, कन्काई डेभलपमेन्ट बैंक, तिनाहुँ डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, ङादी ग्रुप अफ पावर र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका शेयरधनीले कमाएका छन् ।

यस्तै जनता बैंक, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फण्ड, सेन्ट्रल फाइनान्स लिमिटेड, नागबेली लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्सुरेन्स कम्पनीका शेयरधनीले आज बढी गुमाएका छन् ।

ताजा समाचार

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ९६ करोड 

एनबी ग्रुपका पूर्व सञ्चालक जीतबहादुर श्रेष्ठ अर्बपतिबाट एकाएक सडकछाप, भाइले लुकाए विदेशी बैंकमा डेढ अर्ब

आशा लघुवित्तको साधारण शेयर माघ १८ गतेदेखि खुल्ने, कति कित्ताको लागि आवेदन दिने ?

शेयर बजार सुधार्न नेपाल धितोपत्र बोर्डले गर्दैछ आधा दर्जन नियमको संशोधन

सिक्लेस हाइड्रो पावरको २० करोड बराबरको आइपिओ आउँदै, गर्ने होइन लगानी ?

नाफामा अब्बल बन्दै प्रभु बैंक, प्रति शेयर आम्दानी कति ?

वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा

युनाइटेड मर्दी जलविद्युत आयोजनाको पनि १० लाख ५० हजार कित्ता आइपिओ आउँदै 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको