अर्थ संसार, काठमाडा– सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामा रु ९४ करोड ९९ लाख ८१ हजार नाफा कमाएको छ ।
बैंकले गरेको नाफा गत वर्षको सोही अवधिको तुलनामा १७.५२ प्रतिशतले बढी हो । यो अवधिमा बैंकले गरेको नाफा रु १४ करोड १६ लाखले बढेको छ ।
बैंकले गत वर्षको दोस्रो त्रैमासमा रु ८० करोड ८३ लाख १९ हजार खुँद नाफा कमाएको थियो ।
बैंकले उक्त अवधिमा व्याज आम्दानीबाट रु ५ अर्ब ६ करोड कमाएको छ । यसले व्याज भुक्तानीमा गरेको खर्च भने रु ३ अर्ब १६ करोड रहेको छ । यसको खुँद व्याज आम्दानी रु १ अर्ब ९० करोड रहेको छ ।
रु ८ अर्ब चुक्तापुँजी रहेको सानिमा बैंकले गत पुस मसान्तसम्मा निक्षेप संकलन रु ८५ अर्ब ६८ करोड गरेको छ ।
ऋण लगानी रु ७७ अर्ब २२ करोड छ । गत वर्ष बैंकले रु ६८ अर्ब ५० करोड निक्षेप संकलन गरेर रु ६१ अर्ब २३ करोड ऋण लगानी गरेको थियो ।
यो बैंकको सापटी रकम रु २ अर्ब ३९ करोड छ । यो बैंकको पुँजी कोष १३.०८ प्रतिशत, बार्षिक व्याजदर ४.२३ प्रतिशत, प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३९ पैसा छ । बैंकको खराव कर्जा अनुपात ०.२४ प्रतिशत छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस