Like us!
Follow us!
Connect us!
Watch us!

रक्तचन्दन मिलाइदिने भन्दै ६० लाख लिएर बेपत्ता भएका वन अधिकृत विरुद्ध अख्तियारको सार्वजनिक सूचना

बुधबार, १६ माघ २०७५, १७ : ४३ मा प्रकाशित

रक्तचन्दन मिलाइदिने भन्दै ६० लाख लिएर बेपत्ता भएका वन अधिकृत विरुद्ध अख्तियारको सार्वजनिक सूचना

अर्थ संसार, काठमाडौँ–एक चिनियाँ नागरिकलाई रक्तचन्दन मिलाइदिने भन्दै ६० लाख रुपैयाँ लिएर फरार भएका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल सम्पर्कमा आउन आज सूचना जारी गरेको छ ।

रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै रकम बुझेका रसुवाका तत्कालीन वन अधिकृत  मिश्र सम्पर्कविहिन भएपछि आयोगले उक्त सूचना निकालेको हो ।

शर्त अनुसार रक्तचन्दन नदिएको भन्दै अख्तियारमा परेको उजुरी छानबिनका क्रममा पटक–पटक म्याद तामेल भए पनि मिश्र उपस्थित नभएको भन्दै अख्तियारले आज सार्वजनिक सूचना नै जारी गरेको हो।

आयोगले ३० दिनभित्र उपस्थित हुन नआए कानुन अनुसार प्रक्रिया अघि बढ्ने जनाएको छ । सूचना अनुसार मिश्रले छोरा नवीनकुमार मिश्रका नाममा उक्त रकम जम्मा गर्न लगाएको बताइएको छ । छोरा नवीनका नाममा पनि सूचना जारी गरिएको छ।

महोत्तरीको जलेश्वर नगरपालिकाका मिश्रले सेवाबाट अवकाश पाइसकेका छन्। सूचनामा स्थायी ठेगानामा खोजतलास गर्दा मिश्र फेला नपरेको उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको