अर्थ संसार
काठमाडौं–बजारमा नगदको अभाव देखिएपछ िनेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोलकबोलबाट ब्याजदर निर्धारण गरी ४० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । धेरै ब्याजदर कबोल्ने बैंक तथा वित्तीय संस्थाले रकम पाउने छन् । राष्ट्र बैंकले आफैंले बिक्री गरेको ऋणपत्र धितोमा बैंक तथा वित्तीय संस्थालाई उक्त रकम उपलब्ध गराउने लागेको हो । यसका लागि राष्ट्र बैंकले आजै २ बजे बोलकबोल गर्दै छ ।
यसरी प्रबाह गरिने नगदको अबधि लामो हुने छ । यसरी लिएको रकम बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सक्ने छन् । यसअघि राष्ट्र बैंकले दुई पटक २० अर्ब र १० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । जम्मा १४ दिनको लागि मात्र जारी भएको रिपो लिन बैंक तथा वित्तीय संस्थाहरुले त्यति रुची देखाएको थिएनन् ।
यस पटक बैंक तथा वित्तीय संस्थाहरुले किनेको ४९ अर्ब ९ करोड रुपैयाँको ख्णपत्र धितो राखेर राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । यसको समय तोकिएको छैन । त्यसैले बैंकहरुले रकम लिने अपेक्षा छ । बजारमा रकमको चरम अभाव भएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएका छन् । निक्षेपको ब्याज बढेसँगै कर्जाको ब्याजसमेत अकासिएको छ । तरलता अभावले कतिपय बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्नै छाडेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस