अर्थ संसार, काठमाडौं– आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ)मा आवेदन दिनु भयो ? दिने मन छ भने नजिकको बैंकबाट आजै आवेदन दिनुहोस् । किन कि आज अन्तिम दिन हो ।
आशाल माघ १८ गतेदेखि ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ । जसमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।इच्छुक लगानीकर्ताले सिआस्वा मार्फत नजिकको बैंकबाट आवेदन दिन सक्नुहुनेछ ।
अहिलेसम्म कति पर्यो त आवेदन ?
शेयर निश्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल अनुसार विहीबारसम्म ९२ करोड २ लाख ५२ हजार कित्ताका लागि आवेदन परेको छ । कुल २ लाख ४५ हजार जनाले ९२ लाख २ हजार ५२० कित्ता सेयर भरेका हुन् । यो माग भन्दा १४.६० गुणा धेरै हो । यसलघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४ रेटिङ दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस