अर्थ संसार, काठमाडौँ -शेयर किनेर पनि रकम भुक्तानी गर्न ढिलाइ भएमा त्यसको राफसाफका लागि छुट्टै कोष निर्माणगरिने भएको छ । शेयर राफसाफ कोषमार्फत सापटी लिएर कारोबार पूर्ण गर्ने ब्यवस्था हुन गरिन लागेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार राफसाफ कोषको स्थापना गरेको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २७ बमोजिम कोष स्थापना भएको स्टकले जनाएको छ ।
कारोेबार नियमावलीले तोके अनुसार नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको संयोजकत्वमा एक समिति गठन भएको हो ।
समितिमा केन्द्रीय निक्षेप प्रणाली र नेपाल स्टक ब्रोकर एशोसिएसन समितिमा छन्। समितिको पहिलो बैठकले कोष संञ्चालनका लागि बीउ पूँजी संकलन, बैंक खाता र कोषको अन्य कामकारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउने छ।
पूर्ण रूपमा कोष सञ्चालनमा आएपछि कुनै ग्राहकले खरिद गरेको धितोपत्रको रकम भुक्तानीको ग्यारेन्टी हुने छ । सुरुमा सानो रकमबाट कोष स्थापना भए पनि यसले शेयर कारोबारमा भुक्तानीको ग्यारेन्टी गर्ने पद्धतिको विकास हुनेछ ।
दोस्रो बजारमा शेयर खरिद गरेर समयमा कारोबार राफसाफ नभएमा ब्रोकर कम्पनीले उक्त कोषबाट रकम सापटी लिएर कारोबार राफसाफ गर्ने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस