Like us!
Follow us!
Connect us!
Watch us!

आखिर लाग्ने नै भयो शेयर कारोवारमा प्यान प्रणाली, अब के गर्लान् लगानीकर्ताले

बुधबार, ०१ फागुन २०७५, १७ : ०० मा प्रकाशित

आखिर लाग्ने नै भयो शेयर कारोवारमा प्यान प्रणाली, अब के गर्लान् लगानीकर्ताले

अर्थ संसार, काठमाडौँ- नेपाल स्टक एक्सचेञ्जले सबै धितोपत्र दलाल व्यवसायीलाई लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) लिने कार्यमा सहजीकरण गर्न निर्देशन दिएको छ ।

स्टकले ब्रोकर कार्यालयमा यथासक्दो चाँडो स्थायी लेखा दर्ता सहजीकरण डेस्क राख्न निर्देशन दिएको हो ।  आवश्यक पुर्व तयारी गर्न धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार सो ब्रोकरलाई निर्देशन दिएको जनाएको छ ।

बोर्डको कात्तिक १५ गते नेप्सेलाई पत्र लेख्दै अगामी २०७६ बैशाख १ गतेदेखि धितोपत्रको दोस्रो बजार मार्फत शेयर खरिद गर्दा स्थायी लेखा नम्बर अनिवार्य हुने गरि लागू गर्न आवश्यक पुर्व तयारी गर्न निर्देशन दिएको थियो ।

तोकिए बमोजिम स्थायी लेखा नम्बर लिन दर्ता प्रक्रिया लागि निवेदन दिन चाहेमा निज लगानीकर्ताको सहजीकरणका लागि त्यस कार्यालयमा स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेक्स स्थापना गर्न समेत स्टकले भनेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको