अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्जले आजदेखि घलेम्दी हाइड्रो लिमिटेड कम्पनीको शेयर कारोवार सुरु गरेको छ ।
स्टकले घलेम्दीलाई शुरुआती चरणमा न्यूनतम प्रतिकित्ता रु १०० देखि अधिकतम रु ३०० सम्मको सीमा दिएको छ ।
घलेम्दीको कारोवार सुरु भएसँगै स्टकमा सूचीकृत भएका जलविद्युत् कम्पनीको सङ्ख्या २५ पुगेको छ ।
दोस्रो बजारमा कारोवारमा रहेका अधिकांश जलविद्युत् कम्पनीको शेयर आधारभूत मूल्यको आसपासमा नै रहेको छ । त्यसमा पनि दश कम्पनीको शेयर आधारभूत मूल्यभन्दा तल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस