ऐजेन्सी
जापान– हामीले गाडी चलाउँदा सडकमा ट्रफिक चिन्हहरु देख्छौं । तिनले हामीलाई सचेत गराउन सघाउँछन् । ट्वाइलेटमा प्रयोग गरीने चिन्हहरु बारे भने तपाईंलाई थाहा नभएको हुनसक्छ ।जापानको सेनेटरी व्यापार उद्योगका कर्मचारीले ट्वाइलेट जाँदा प्रयोग गरीने ८ वटा चिन्हको आकार बनाएका छन् । उनीहरुले आकारमा ढक्कन र सिट, बस्ने तरिका, फ्लस गर्ने तरिका आदि बनाएका छन् ।
सन् २०२० मा हुन लागेको टोक्यो ओलम्पिक खेलका लागि पर्यटकलाई आर्कषित गर्न र ट्वइलेट जाँदा सहज वातावरण निर्माण गर्न ती चिन्हहरु बनाएको जानकारी जापानको सेनेटरी व्यापार उद्योगले दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस