Like us!
Follow us!
Connect us!
Watch us!

स्वदेश फर्के अर्थ मन्त्री, कस्तो रहयो बेलायत भ्रमण

सोमबार, १३ फागुन २०७५, १५ : ५४ मा प्रकाशित

स्वदेश फर्के अर्थ मन्त्री, कस्तो रहयो बेलायत भ्रमण

अर्थ संसार, काठमाडौँ–अर्थमन्त्री डा. युवराज खतिवडा बेलायतमा आयोजना तीनदिने लगानी सम्मेलन पुर्वको कार्यक्रम सम्पन्न गरी आइतबार स्वदेश फर्कनु भयो ।
 
मन्त्रीका बेलायतमा भएका मुख्य भेटघाट र उपलब्धीहरु बेलायतबाट नेपालमा लगानी भित्राउने सम्बन्धी दर्जन कार्यक्रममा भाग लिनु भयो । बेलायती अन्तर्राष्ट्रिय आर्थिक सहायता राज्यमन्त्री तथा हाउस अफ लडर्सका सदस्य लर्ड बेट्ससंग बेलायतको हाउस अफ कमन्समा भेटघाट भयो । सो भेटमा लर्ड बेट्सको जिज्ञाशामा मन्त्री खतिवडाले भुकम्पपछिको पुर्ननिर्माणको कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । साथै नेपालको संघीय संरचनामा भएमा भएका प्रगति एवम् नेपालले समाबेशिता सम्बन्धमा हासिल गरेका उदाहरणीय उपलब्धीबारेमा जानकारी पाउँदा मन्त्री लर्ड उत्साहित भएका थिए । साथै नेपालकोविकास र समृद्धिको लागि बेलायत सरकार जस्तोसुकै सयोग गर्न पनि प्रतिवद्ध रहेको बताएका थिए । लर्डले नेपालको संविधान विश्वमै समावेशीताको सम्बन्धमा उत्कृष्ठ भएको भन्दै विश्वले नेपालबाट सिक्नु पर्ने धारणा राखेका थिए । 

सिटी अफ लण्डनका मेयरले लण्डनस्थित ठूला लगानीकर्ताहरुको सहभागितामा आयोजित कार्यक्रममा करिब चार ट्रिलियन डलर लगानी गर्न समूहमै उत्साह व्यक्त गरेका थिए । कार्यक्रममा नेपालको सोभर्जिन रेटिङ गर्न अत्यन्तै आवश्यक भएको धारणा राख्दै वित्तीय क्षेत्रका नयाँ उपकरणहरुको
नेपालमा प्रयोग गर्न समेत सहभागीहरुले सुझाव दिएका थिए । 

स्टान्डर चार्टर्ड बैंकको केन्द्रिय कार्यालयमा भएको बैठकमा दिर्घकालीन बोण्डहरु जारी गरी दिर्घकालिन पुँजी निर्माण गर्न आवश्यक पर्ने प्राविधिक लगायत सम्पूर्ण सहयोग गर्न स्टान्डर चार्टर्ड बैंक संधै तत्पर रहेको धारणा व्यक्त गरेको थियो । नेपाल सरकार, डिएफआइडि, स्टाण्डर्ड चार्टर बैक समेतको सहकार्यमा विधि कार्य अघि बढाउने सहमति भयो । सो सन्र्दभमा सोभर्जिन रेटिङ लगायतका विषयमा बैंकले राखेका जिज्ञाशा उपर अर्थमन्त्री खतिवडाले वस्तुगत धारणा राख्नुभएको थियो । 

नेपालको एनएमबी बैंकसँग सहकार्य सुरु गरीसकेको कमनवेल्थ डेभल्पमेन्ट कर्पोरेशनको मुख्य कार्यालयमा कर्पोरेशनका अध्यक्ष एवम् प्रमुख कार्यकारीको सहभागितामा भएको भेटमा नेपालका विकास कार्यक्रममा यथाशक्य सघाउने उनीहरुले प्रतिवद्धता व्यक्त गरेका थिए । ।

लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित नेपाल डेभलपमेन्ट कन्फरेन्समा बेलायतलगायत यूरोपका विभिन्न मुलुकका उद्योगि व्यवसायि तथा गैर आवासिय नेपालीहरुको सहभागिता भएको थियो । दुई सयभन्दा बढीको सहभागिता रहेको सो कार्यक्रममा सम्भाव्य लगानीकर्ताले नेपालमा लगानीको संभावना र सुधारहरुबारेमा चासो व्यक्त गरेका थिए । नेपालमा सञ्चालनमा रहेका साना–साना व्यवसायिहरुले पनि आधुनिक किसिमले कसरी ठूला उद्यमी बन्न सकिन्छ र  थोरै पूँजीले रोजगारी सृजना गरी अन्तर्राष्ट्रियस्तरमा बजारको पहुँच विस्तार गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतीकरण गरेका थिए । सो कार्यक्रममा बेलायती सांसदका शीर्ष व्यक्तित्व, हाउस अफ लर्ड्सका सांसद, सरकारका उच्च पदस्थ प्रतिनिधिले नेपालको विकास, लगानी र समृद्धिका बारेमा चासोका साथ सहभागि भएका थिए ।

सो बृह्त सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपालमा लगानी बोर्डलाई थप शसक्त्त एवम् गतिशिल बनाउन कानुन परिर्माजन गरी सो संस्था मार्फत लगानीकर्तालाई एकद्धार सेवा प्रवाह हुने बताउनुभयो । उहाँले कानूनी तथा नीतिगत सुधार, लगानीका सम्भावित क्षेत्र, सरकारका प्राथमिकता, नेपाल लगानीका प्रतिफललगायतका हिसावले कसरी लगानीको लागि तुलनात्मकरुपमा उत्कृष्ट गन्तव्य बन्न सक्छ भन्ने विषयमा प्रष्ट पार्दै सो अवसरको लाभ लिन बेलायति, युरोपेरी तथा तथा गैरआवासीय नेपाली लगानीकर्तालाई आब्हान गर्नुभयो । 

ब्रिटेन नेपाल सोसाइटिले वेलायती राजकुमारको प्रमुख आतिथ्यमा आयोजना गरेको कार्यक्रममा उपस्थित तीन सयभन्दा बढी सहभागिलाई नेपालमा लगानी गर्न आव्हान गर्नुभयो । वेलायमा रहेका वेलायतीहरु नेपालमा आएर कुनै न कुनै रुपमा सहभागि भएका, नेपालमा सहयोग गरेका र नेपालको माया गर्ने सयौं वेलायतीसँग छलफल हुनु आफैमा सकारात्मक भयो । 

गैर आवासिय नेपाली संघ, यूकेले आयोजना गरेको कार्यक्रममा अहिले सम्मका काम र हामीले अघि बढाउन थालेका विकासका एजेण्डाहरु गैर आवासिय नेपालीहरुले नेपालको विकासमा गर्नसक्ने योगदानबारे छलफल भयो । उनीहरुले नेपालमा आएर लगानी गर्ने आफ्नो इच्छा रहेको प्रतिवद्धता व्यक्त गरे ।

नेपालमा लगानी गर्न इच्छा भएका व्यक्ति एवं संस्थाहरुको सहभागिता गराइ ब्रिटिस एक्सपर्टिज इन्टरनेशनले आयोजना गरेको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो । संभाब्य लगानी कर्तासंग नेपालमा भएका निजी लगानीका क्षेत्रहरु जानकारी दिनुका अतिरिक्त सार्वजनिक निजी साझेदारी सम्बन्धी हाम्रो पछिल्लो नीतिका साथै नेपालमा लगानी गर्दा पाउने प्रतिफलबारे छलफल भयो । हामीले वेलायत सरकारसँग दोहोरो कर मुक्त सम्झौता सम्बन्धी छलफल समेत । सो सम्बन्धमा दुई सरकारबीच हालसम्म भएका प्रगति र अब सहमतिका लागि सुल्झाउनु पर्ने विषयहरु समेत छलफल भयो । अब छिट्टै नै थप वार्ता गरी यसलाई टुङ्गोमा पु¥याउने समझदारी भयो ।

लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सले आयोजना गरेको कार्यक्रममा नेपालले अङ्गिकार गरेको वित्तीय संघियता सम्बन्धी प्रवचन दिनुभयो । कार्यक्रममा छिटो र सहज ढंगले वित्तीय संघियता कार्यान्वयन गर्न संभव भइ नेपालको विकास र समृद्धिको जग बसाली अघि बढेको बताउनु भयो । सो कार्यक्रममा लण्डन स्कूल अफ इकोनोमिक्सका प्राध्यापक, अनुसन्धान कर्ता, विद्यार्थीहरुले समेत निकै महत्व र चासोका साथ लिएका थिए । वेलायत स्थित नेपालीसँग शिक्षाको क्षेत्रमा लगानी गर्न चाहने धेरै संस्थासँग विभिन्न चरणमा छलफल भए । जसमा उच्च शिक्षाको क्षेत्रमा प्राविधिक, वैज्ञानिक, अनुसन्धानमूलक र सीप विकास गर्ने क्षेत्रमा कसरी सहकार्य गरेर उच्च शिक्षामा वेलायती संस्थालाई गुणस्तरीय शिक्षा र सीप प्रदान गर्न सहयोगि बन्न सक्छ भन्ने विषयमा त्यहाँका शैक्षिक लगानीकर्तासँगको छलफल उपलब्धिमूलक भयो ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको