Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर तत्काल रोक्न नेपाल रिलाई अर्थमन्त्रालयको निर्देशन

अर्थ संसार

विहीबार, ०२ असोज २०८२, १३ : ४८ मा प्रकाशित

हकप्रद सेयर तत्काल रोक्न नेपाल रिलाई अर्थमन्त्रालयको निर्देशन

नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले जारी गर्न लागेको हकप्रद सेयर रोक्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको हो । 

अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको २० अर्ब चुक्ता पुँजी पुर्याउने उद्देश्यले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।

नेपाल पुनर्बीमा कम्पनीको कूल चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको