मेयर बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम/चुनावी सरकारको नेतृत्व गर्नुपर्ने पक्षमा खुलेर समर्थन जनाएका छन्।
सामाजिक सञ्जालमार्फत संदेश जारी गर्दै शाहले देश अहिले इतिहासकै असामान्य परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै, नयाँ नेतृत्वप्रति युवापुस्ताको प्रस्तावलाई आफूले सम्मान गर्ने स्पष्ट पारेका छन्।
उनले भनेका छन्, अहिलेको अन्तरिम सरकारको प्रमुख दायित्व आगामी निर्वाचन सम्पन्न गराउनु र देशलाई नयाँ जनादेश दिलाउनु हो। यस प्रक्रियामा कार्कीको नाम अगाडि आउनु नेपाली जनताको सुझबुझ र एकताको परिणाम भएको भन्दै शाहले पूर्ण समर्थन प्रकट गरेका छन्।
शाहले युवापुस्तालाई सम्बोधन गर्दै, “नआत्तिनुहोस्, धैर्य राखौं, हामी सुनौलो भविष्यतर्फ अघि बढिरहेका छौं,” भन्दै संयमता र एकताको आह्वानसमेत गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस