नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १० वटा कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन्।
असोज ३ गतेसम्मको अवधिमा ती कम्पनीहरूले ६ प्रतिशतदेखि २१ प्रतिशतसम्म लाभांश घोषणा गरिसकेका छन्। तर, यसपटकको चाडपर्वमा पुँजी बजारको कमजोर प्रदर्शनका कारण लगानीकर्ताहरूको उत्साहमा कमी आएको देखिन्छ।
हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरूमा पाँच वटा बैंक,तीन वटा हाइड्रोपावर,एक इन्भेष्टमेन्ट कम्पनी र नेपाल ल्यूव आयल । तीमध्ये केही कम्पनीहरूले वार्षिक साधारण सभा आह्वान गरिसकेका छन् भने केहीले मिति तय गर्न बाँकी नै छ। सबैभन्दा धेरै लाभांश घोषणा गर्ने कम्पनी नेपाल ल्यूव आयल रहेको छ। कम्पनीले १.०५३ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयरसहित कुल २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकिङ क्षेत्रतर्फ एभरेष्ट बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले १४ प्रतिशत नगद र ६ प्रतिशत बोनससहित २० प्रतिशत लाभांश घोषणा गरेको छ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनससहित १८.२० प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनससहित १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। माछापुच्छ्रे बैंकले भने कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। हाइड्रोपावर क्षेत्रका सिक्लेस र मिडसोलु हाइड्रोपावर कम्पनीहरूले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनससहित १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। अरुण भ्याली हाइड्रोपावरले कुल ८.४२१ प्रतिशत र हाथवे इन्भेष्टमेन्टले ०.६३२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनससहित १२.६३२ प्रतिशत लाभांश घोषणा गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस