जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला (साह) काभ्रेको मंगलटारमा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
जनकपुर बम काण्डमा दोषी ठहर भएका टकलामाथि संचार उद्यामी अरुण सिंहानियाको हत्या र अकुत सम्पत्तिको मुद्दा पनि छ । उनीसँगै नख्खु कारागारबाट भागेका १७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस