आज सेयर बजार नकारात्मक सर्किट लागेर कारोबार खुलेको एक घण्टामा नै बजार बन्द भयो । अघिल्लो कारोबार भन्दा ६ प्रतिशतको गिरावट आए पनि बजार नियमित समय अगावै बन्द भयो ।
जेनजी आन्दोलन पछि बन्द भएको बजार आज पहिलो पटक खुलेको थियो । तर बजार खुल्न वित्तिकै ४ प्रतिशतको गिरावट आएर बन्द भयो । त्यस पछि पनि बजार फेरि ५ प्रतिशत बजेढेर ४० मिनेट स्थिगित भयो । ४० मिनेट पनि खुलेको बजारमा ६ प्रतिशतको गिरावट आएसँगै कारोबार बन्द भयो । आजको गिरावट राजनीति परिवर्तनको प्रभावका कारणले भएको लगानीकर्ता सुवासचन्द्र भट्टाराईकाे भनाइ छ । उनले राजनीतिक कारणले बजार घटेकाले आगामी दिनमा बजार बढ्ने बताए ।
राजनीतिक अन्यौलता सकिएकाले आइतबार देखि बजारले सम्मालिएर जाने उनको भनाइ छ । आज बजार घट्नुको कारण भनेको पछिल्लो घटनाक्रम हो । आइतबार देखि बजार सम्मालिएर जान्छ,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस