अरुण काबेली पावर लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १५ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।
कम्पनीले २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । हाल कायम रहेको २ कित्ता सेयर बराबर १ कित्ता सेयरमा आवेदन दिन पाउने गरि गरिएको हकप्रद सेयर सर्वसम्मत रुपले पारित भएको हो । त्यससँगै कम्पनीले संस्थापक सेयरमा गरिएको लगानी अनुमोदन र आगामी दिनमा थप लगानीका लागि स्वीकृति दिने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनको अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ ।
गत आर्थिक वर्षमा कम्पनीले १६ करोड ९० लाख रुपैयाँ नाफा कमाएको अध्यक्ष रमेश कुमार न्यौपानले जानकारी दिए । उनले गत वर्षको बाढीका कारणले भएको क्षतिको बीमा बापतको रकम उपलब्ध नहुँदा लाभांश वितरण गर्न नसकिएको बताए । कम्पनीले हाइड्रो पावरका साथै अन्य क्षेत्रमा लगानी विस्तार गरिएको जानकारी दिए ।
सभामा सहभागि सेयरधनीहरुले विभिन्न विषयमा प्रश्न गरेका थिए । सभामा उठेका प्रश्नकाे उत्तर दिदै अध्यक्ष न्याैपानले आगामी दिनमा थप परिस्किृ रुपमा कम्पनी अघि बढ्ने बताए । उनले आगामी समयमा सेयरधनीहरुलाइ लाभाश वितरण गर्ने गरि कम्पनी अघि बढ्ने पनि बताए ।
कम्पनीका डाइरेक्टर गुरु न्यौपानलेले अरुले एउटा आयोजना निर्माण गर्दा आफूहरुले ४ वटा आयोजना निर्माण गरिएको बताए । प्रसारण लाइको समस्याले गर्दा उत्पादन भएको सबै विद्युत बिक्री गर्न नसकिएको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस