Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको २१.०५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बुधबार, १५ फागुन २०७५, ११ : ०० मा प्रकाशित

कृषि विकास बैंकको २१.०५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – कृषि विकास बैंक लिमिटेडले प्रस्ताव गरेको २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार (फागुन १५ गते) अन्तिम दिन रहेको छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले फागुन १६ गतेदेखि शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने भएको छ । फागुन १५ गतेसम्म बैंकको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई निर्वाचनमा मतदान गर्न र लाभांशको हकदार हुन सक्छन् ।

बैंकले चैत १५ गते १२औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । सभा केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे शुरू हुनेछ ।

बैंकले सभामा ६ प्रतिशत बोनस शेयर र १५ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने र सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरू लैजाँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको