अर्थ संसार, काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी र मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको गरी कुल रु ७३ करोड ३ लाख ६५ हजार १०० बराबरको हकप्रद सेयर आउने भएको छ ।
नेपाल इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ४० लाख १४ हजार ६५१ कित्ता र मेरो माइक्रोफाइनान्सले ३२ लाख ८९ हजार कित्ता गरी सो मात्राको सेयर निष्कासन गर्न लागेका हुन् ।
नेपाल इन्स्योरेन्सले फागुन २१ गतेदेखि ६५ प्रतिशत अर्थात रु ४० करोड १४ लाख बराबरको हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ ।
इच्छुक सेयरधनीले चैत २५ गतेसम्म आवेदन दिन पाउने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । माघ २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र इन्स्योरेन्सको हकप्रद खरिदका लागि आवेदन दिन सक्ने छन् ।
त्यस्तै, मेरो माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि शतप्रतिशत अर्थात रु ३२ करोड ८९ लाख बराबरको हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । माघ २३ गतेसम्म कायम रहेका सेयरधनीले सो मात्राको हकप्रद खरिदका लागि आवेदन दिन सक्ने छन् ।
संस्थाको हकप्रद भर्न इच्छुक सेयरधनीले आगामी चैत २४ गतेसम्म आवेदन दिन पाउने छन् । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम पनि ग्लोबल आईएमई क्यापिटल लिमिटेडले नै गर्ने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस