अर्थ संसार, काठमाडौं– नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई ८४.५ प्रशित लाभांश दिने भएको छ ।
शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४\०७५ को मुनाफाबाट २५ प्रशित बोनस सेयर र २३.५ प्रतिशत नगद गरी कुल ४८.५ प्रतिशत लाभांश दिने निणर्य गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियामक निकाय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने कम्पनीले जनाएको छ ।
हाल नेपाल लाइफको चुक्त पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले २८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस