Like us!
Follow us!
Connect us!
Watch us!

तीन अर्व बढी राजश्व छलीको आशंका, किन भएन उनीहरुलाई कारवाही

बुधबार, २२ फागुन २०७५, ११ : ०६ मा प्रकाशित

तीन  अर्व बढी राजश्व छलीको आशंका, किन भएन उनीहरुलाई कारवाही

अर्थ संसार, काठमाडौँ – नक्कली भ्याट बिल बेच्ने २४ जना विरुद्ध राजश्व अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व असुल गर्ने मुख्य व्यक्ति जयकिशन साह र परमेश्वर साहलाई पक्राउ गरी अनुसन्धान गरेको र २४ वटा फर्मका सञ्चालक समेतलाई मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

मूल्य अभिबृद्धि करको झुट्टा तथा नक्कली कज बिजक प्रयोग गरी राजश्व चुहावट गरेको सम्बन्धमा परमेश्वर साहलाई माघ ३ गते र जयकिशोर साहलाई माघ ४ गते नियन्त्रणमा लिइएको थियो । ज्याला मजदुरी गर्ने अनपढ व्यक्तिहरुलाई प्रलोभनमा पारी निजहरुको नाममा कम्पनी खोली त्यस्ता कम्पनीबाट वास्तविक माल बस्तुको खरिद बिक्री कारोबार नै नगरी झुट्टा बिजक जारी गरी राजश्व चुहावट गरेको निर्देशक मैनालीले बताए ।

कम्पनीको दर्तावाला व्यक्ति र अन्य कुनै एक आफु नियन्त्रित व्यक्तिलाई कर्मचारीको रुपमा राखी खाता सञ्चालन गर्न लगाई संगठित रुपमा राजश्व चुहावट गरेको पाइएको विभागले बताएको छ । ५ सय फर्मले ४ अर्वको भ्याट बिल बेचेको देखिन्छ, त्यसबाट ३ अर्व भन्दा धेरै राजश्व छलेको विभागको अनुमान छ ।

भैंसी चराईरहेकाहरुको नाममा करोडौंको चेक बनिरहेको छ, बैक तथा वित्तिय संस्थाहरूले पनि यस्तो नक्कली कारोबार रोक्न सकेको देखिएन ।

बास्तविक ग्राहकको पहिचाहन नगरी कारोबार गरेर बैंकहरूले पनि गल्ती गरेको पाइएको छ ।

विभागलाई प्रधानमन्त्री कार्यालयमा ल्याएपछि राजश्व छलिका उजुरी बढेका छन, केही विदेशी लगानीका कम्पनी, अस्पताल र निर्माण व्यवसायीले नक्कली भ्याट खरिद गरेको देखियो, मुनाफा बढी भएका ठाउँमा यस्तो भैरहेको छ-महानिर्देशक मैनालीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको