Like us!
Follow us!
Connect us!
Watch us!

रेशम चौधरीलाई जन्म कैदको सजाय, अब के गर्ला राजपाले

बुधबार, २२ फागुन २०७५, १४ : ३० मा प्रकाशित

रेशम चौधरीलाई जन्म कैदको सजाय, अब के गर्ला राजपाले

अर्थ संसार, काठमाडौँ- कैलालीमा तीन वर्ष पहिले  एक बालकसहित आठ जनाको ज्यान गएको घटनामा अदालतले आरोपी रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत कैलालीले चौधरी दोषी देखिएको भन्दै जन्मकैदको सजाय सुनाएको हो । यस्तै अदालतले अर्का आरोपी लक्ष्मण थारुलाई भने तीन वर्षको कैद सजाय सुनाएको छ । उनले कैद सजाय भुक्तान गरेकाले रिहा हुने भएका छन् । कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईले उक्त फैसला सुनाएका हुन् । चौधरी राजपाका तर्फबाट निर्वाचित सांसद हुन् ।

उनलाई सरकारको आग्रहमा सभामुख कृष्णबहादुर महराले केही समय पहिले मात्रै सांसदको शपथ खुवाएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको